Comments Add Comment

अर्घाखाँची जीप दुर्घटना : चालकसहित ३ जनाको मृत्यु

'उकालोमा गुड्न नसक्दा दुर्घटना'

१९ असार, बुटवल । अर्घाखाँचीमा भएको जीपको दुर्घटना यान्त्रिक खराबीले उकालोमा गुड्न नसकेर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सन्धिखर्क नगरपालिका-७ को सुपा देउराली मन्दिर नजिक पक्की सडकमा जीप उकालोमा गुड्न नसकेर ब्याक भएपछि ३५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।

मृतक मध्ये जीपका चालक एवं जीपधनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ घर भइ कपिलवस्तुको शिवपुर बस्ने ५० वषर्ीय सुमन्त भुसाल र अर्घाखाँची मालारानी गाउपालिका ३ का ३५ वषर्ीय रुद्रप्रसाद भुसाल रहेका छन् । अर्का अन्दाजी ४५ वर्षीय तराई मूलका व्यक्तिको नाम ठेगाना भने खुलेको छैन ।

दुर्घटनामा परेर २ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्ऽमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले बताए ।

अहिलेसम्मको अध्ययनले जीप दुर्घटनाको कारण सवारी साधनको यान्त्रिक खराबी नै देखिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ ।

जीपमा ७ जना रहेका थिए । घाइते ४ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment