Comments Add Comment

मन्त्रीको आक्रोश : संसदीय समितिले आईफाबारे थेसिस नै गरेछ

१९ असार, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न निर्देशन दिएकोमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले आक्रोश पोखेका छन् ।

नेपालको स्वाधीनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भन्दै समितिले मंगलबार अवार्ड रोक्न निर्देशन दिएको थियो । बुधबार सरकारले अवार्ड नगर्ने निर्णय गर्‍यो

तर बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले संसदीय समितिको निर्णयप्रति निकै आक्रोश व्यक्त गरे ।
आइफा के हो ? ओस्कार के हो ? भन्ने समितिले अध्ययन तथा थेसिस गरेर निर्णय गरेको होला भन्दै उनले व्यंग्य गरे ।

मन्त्री बास्कोटाले ब्यंग्यात्मक शैलीमा भने, ‘धेरै दिन लगाएर अध्ययन गर्नुभयो होला, सरकारसँग सोध्नुभयो होला । नाफा घाटा पनि हेर्नुभयो होला । त्यस आधारमा आफ्नो अधिकार प्रयोग गर्नुभयो ।’ उनले अघि भने, संसदीय समितिको ज्ञान, विज्ञ होला । कोही सहभागी भएको थियो कि, त्यसको अनुभव होला ।’

आईफा अवार्ड भएको भए ‘कलाकारहरु आउँथे, नाच्थे र जान्थे’ भन्दै उनले सांस्कृतिक हस्तक्षेप, राष्ट्रघात जस्ता शब्द प्रयोग गरिएकोमा असन्तुष्टि जनाए । के आाधारमा निर्णय गरियो भन्ने प्रश्न समितिलाई नै सोध्न आग्ह गर्दै उनले अघि भने, उहाँहरुले थेसिस तयार गरेर निर्णय गर्नुभयो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment