Comments Add Comment

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

१८ असार, काठमाडौं । अन्तत: भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । अवार्ड गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने ठहर गरेपछि सरकार अप्ठ्यारोमा परेको मानिएको छ ।

सरकारलाई दोस्रो पाठ

सरकारको नयाँ निर्णयसँगै आईफा अवार्डको ‘च्याप्टर क्लोज’ भएको छ । आईफा अवार्डबाट फिर्ता हुने सरकारी निर्णयलाई कतिपयले गुठी विधेयकपछि फेरि एक पटक दुई तिहाईको सरकार सामाजिक सञ्जालसँग झुक्न वाध्य भएको अर्थमा व्याख्या गर्न थालेका छन् ।

फेरि पनि, विदेशी अवार्ड नेपालमा आयोजना हुनुहुँदैन भन्ने होइन । त्यसले नेपाललाई विश्वस्तरमा चिनाउन मद्दत गर्छ । तर, सरकारले पर्यटन प्रवर्द्धनकै उद्देश्यले भारतीय अवार्डमा अरबौं खर्च गर्नु भने बुद्धिमतापूर्ण निर्णय थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment