Comments Add Comment

आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

Photo Credit : फाइल तस्वीर

१७ असार, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले अनलाइनखबरसँग भनिन् ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा)–१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ ।

सरकारले नै ४५ करोड रुपैयाँ दिने गरी भारतीय अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाइए उनी गएनन् । सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी उपस्थित थिए । बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने निर्णयको बचाउ गरे ।

तर सत्तारुढ सांसदहरुले नै चर्को आलोचना गरेका छन् । भीम रावल, अग्नि सापकोटाले अवार्डको विरोध गरे । सम्बोधनका क्रममा उनी निकै भावुक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment