+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

७० हजारमा नक्कली लाइसेन्स ! चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते २०:५०

१९ असार, काठमाडौं । प्रहरीले नक्कली लाइसेन्स बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका एसपी केदार ढकालका अनुसार उनीहरुले यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भनेर नक्कली सवारी चालक अनुमती पत्र तयार पार्ने गरेका थिए ।

‘पक्राउ परेकाहरुको फोटोकपी पसल छन्’, ढकालले अनलाइनखबरसँग सुनाए, ‘त्यहीँ उनीहरुले नक्कली लाइसेन्स बनाउने गरेका थिए ।’

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुले प्रतिव्यक्ति ६० देखि ७० हजार रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको खुलेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लाइसेन्समा कैफियत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

‘मोटरसाइकलदेखि हेभी गाडीको लाइसेन्स समेत बनाएको देखियो’, थापाले भने, ‘यातायात व्यवस्था कार्यालयको ६० वटा नगदी रसिद पनि बरामद भएको छ ।’

उनका अनुसार पक्राउ परेकाविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?