Comments Add Comment

त्रिशूलीमा ट्रक खस्यो, २ जनाको मृत्यु

२० असार, चितवन ।  सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण चालक ।

दुर्घटनामा घाइते एक जनाको उद्धार भएकाे छ । उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment