+
+
Shares

लबिम मलमा ‘स्पाइडर म्यान’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते ११:४२

आजबाट विश्वव्यापी रुपमा रिलिज भएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः फार फ्रम होम’को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा नेपाली चलचित्रका कलाकार, मिडियाकर्मी र केही फ्यान सहभागी थिए । सोनी पिक्चर्स र एप्पल इन्टरटेन्मेन्टले प्रिमियर आयोजना गरेको हो ।

जोन वाट्सको निर्देशनमा तयार भएको सुपरहिरो चलचित्रले नेपालमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । यो हलिउड चलचित्रमा टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाल लगायतको अभिनय छ । हलिउड क्रिटिक्सले यसलाई सन्तुष्टी दिलाउन सक्ने सिक्वेल भनेका छन् ।

नेपाली दर्शकमा पछिल्लो समयमा हलिउड चलचित्रप्रतिको आकर्षण बढ्दो छ । यो प्रभावले सुपरहिरो चलचित्रले नेपाली बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?