+
+
Shares

फिल्म चलेरै ५१ दिनको ह्याट्रिक गरे प्रदिपले

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १२:०३

डिजिटल यूगको समयमा एकैपटक देशभरका हलमा चलचित्र रिलिज हुन्छन् । एकैपटक चलचित्र रिलिज हुँदा दर्शकले पनि चाडै नै चलचित्र हेर्न पाउँछन् । यसरी दर्शकले रिलिज भएको केही दिनमै चलचित्र मन लागेको हलमा गएर हेर्न पाउँदा राम्रो भएर पनि चलचित्रले लामो समय दर्शक पाउँदैन ।

तर, बर्षमा कुनै कुनै चलचित्र यस्तो बन्छन्, जसलाई दर्शकले दोहोर्याएर हेरिदिन्छन् । जसले गर्दा चलचित्रले लामो दिनसम्म हलमा स्थान पाउँछ । हुनत, अहिले नेपालमा चलचित्रले ५१ दिन मनाउने फेसन नै चलेको छ । हलमा चलचित्र फिक्समा दिएर ५१ दिनको डम्का पिट्ने निर्माता धेरै छन् ।

तर, पछिल्लो चलचित्र ‘जात्रै जात्रा’का निर्देशक प्रदिप भट्टराइको हकमा भने यो लागू भएन । उनले चलचित्र चलेरै ५१ दिनको ह्याट्रिक गरेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘जात्रा’, दोश्रो चलचित्र ‘शत्रु गते’ र तेश्रो चलचित्र ‘जात्रै जात्रा’ले दर्शकलाई ५१ दिनसम्म हलमा तानेका छन् । ‘जात्रै जात्रा’ले शनिबार ५१ दिनको यात्रा पुरा गर्दैछ ।

योसँगै प्रदिप हिट मात्र होइन, ५१ दिनसम्म चल्ने चलचित्रमा ह्याट्रिक गर्न सफल भएका छन् । लगातार ३ वटा चलचित्र सुपरहिट दिएपछि अहिले उनलाई चलचित्रको अफरको ओइरो छ । तर, उनले नयाँ चलचित्रमा संझौता गरेका छैनन् । उनले ‘फनफनी’ नामक चलचित्रमा काम गर्ने संभावना बढेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?