Comments Add Comment

रेफ्रीविरुद्ध अर्जेन्टिना फुटबल संघको उजुरी

२० असार, काठमाडौं । अर्जेन्टिना फुटबल संघले रेफ्रीविरुद्ध उजुरी दक्षिण अमेरिकी फुटबल महासंघमा उजुरी गरेको छ ।

कोपा अमेरिकाका सेमिफाइनलमा ब्राजिलसँग २–० ले हार्नुमा अर्जेन्टिनाका प्रशिक्षक र कप्तान लियोनेल मेसीले रेफ्रीलाई दोष लगाएका थिए ।

रेफ्री रोड्डी जाम्ब्राना नेतृत्वको टिमले ब्राजिलको पक्ष लिएको अर्जेन्टिनी फुटबल संघको आरोप छ ।

ओटामेन्डी र सर्जिओ एग्युरोलाई फउल गर्दा रेफ्रीले पेनाल्टी नदिएको उसको आरोप छ । एग्युरोलाई फउल गरे लगतै ब्राजिलले दोस्रो गोल गरेको थियो ।

दुबै घटनामा रेफ्रीले भीएआर प्रयोग नगरेकोमा असन्तुष्टि जनाउँदै संघले भनेको छ, ‘यदि त्यसो भएको भए रिजल्ट अर्कै हुने थियो । यसमा कुनै शंका छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment