Comments Add Comment

ओली प्रचण्ड सहमतिबारे ईश्वर पोखरेलको टिप्पणी– ठूला घरको ठूलै चाला

२० असार, नवलपरासी । उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका शीर्षनेताबीच भएका व्यक्तिगत सहमतिका विषय सार्वजनिक खपतका लागि नहुने भन्दै उचित ठाउँमा त्यस्ता सहमतिबारे छलफल हुनुपर्ने बताएका छन् ।

पश्चिम नवलपरासीस्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्तासँग छलफल गर्दै पोखरेलले पछिल्लो समय नेताहरुबाट आएका अभिव्यक्तिले पार्टी एकतामा कुनै असर नपर्ने दावी गरे । उनले अहिले नेकपामा बैचारिक बहसको चरण शुरु भएको समेत बताए ।

पोखरेलले भने, ठूलो घरको, ठूलै चाला भनेजस्तै ठूलो पार्टीमा उतार चढावहरु आउँछन् । नेताहरुबीच केही सहमति भएका रहेछन् भने पनि ती कुरा राख्ने सही ठाउँ हुन्छन् । सार्वजनिक खपतको विषय बनाउनु हुँदैन । तर पनि यसले पार्टी एकतामा भने असर गर्दैन ।

अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच सत्ता साझेदारीको सहमतिबारे कार्यकर्ताले प्रश्न सोधेपछि पोखरेलले यस्तो जवाफ दिएका हुन् । अहिले पार्टी वैचारिक बहसको चरणमा रहेकाले विचार निर्माणका सन्दर्भमा हुने बहसबाट कोही आक्रोशित वा निराश हुन नपर्ने उनले बताए ।

जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको प्रश्नोत्तरका क्रममा उनले पार्टीमा संस्थागत निर्णय गर्ने र सबैले त्यसलाई कार्यान्वयनमा लैजाने पद्दति हुनुपर्ने बताए ।

कार्यकर्ताले सरकारको काम कारवाहीबारे प्रश्न उठाएपछि अहिले पार्टी बैचारिक बहसको चरणमा रहेकाले विचार निर्माणका सन्दर्भमा हुने बहसबाट कोही आक्रोशित वा निराश हुन नपर्ने उनले बताए ।

कार्यकर्ताले सरकारको काम कारवाहीबारे प्रश्न उठाएपछि उपप्रधानमन्त्री पोखरेलले चुनावी घोषणापत्र कार्यान्वयन बाहेक अरु विकल्प नरहेकाले सरकार त्यस दिशामा अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment