Comments Add Comment

नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा

Photo Credit : Peter Dejong/AP

२१ असार, काठमाडौं । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो अन्तिम म्याच जर्मनीको वायर्न म्युनिखका लागि खेले । यद्यपि यही जुनमा उनको सम्झौता समाप्त भयो । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’

सन् २०१७ को वर्ल्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । यद्यपि उनले फुटबल खेल जारी राखे ।

उनी आफ्नो करियरमा कति सफल रहे भन्ने कुरा उनले अलग-अलग क्लबका लागि १२ पटक उपाधि दिलाएको कुराबाट थाहा हुन्छ । सबैभन्दा धेरै ८ पटक उनले वायर्न म्युनिखलाई, दुई पटक चेल्सीलाई तथा एक-एक पटक रियल मडि्रड र पीएसबी आइन्डहोवेनलाई उपाधि जिताएका छन् ।

रोबेन सन् २००० मा १६ सालको उमेरदेखि फुटबल करियर सुरु गरेका थिए । चेल्सीले उनलाई सन् २००४ मा सामेल गरायो । २००९ मा बायर्न म्युनिखले उनलाई किन्यो र सोही वर्ष रोबिनको टिमले बुन्डेसलिगाको उपाधि जित्यो ।

सन् २०१३ मा च्याम्पियन्स लिगमा उनले बायर्नलाई चेल्सीविरुद्ध जिताएर बुन्डेसलीगाको उपाधि दिलाए । आफ्नो देश नेदरल्याण्डका लागि पनि उनले ९६ खेल खेलेका छन् । सन् २०१० मा फिफा वर्ल्ड कपमा नेदरल्याण्ड उपविजेता हुँदा रोबेन पनि टिममा थिए । त्यो वर्ष स्पेन च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment