काठमाडौं । रोहित शर्माले एउटै विश्वकपमा पाँच शतकको कीर्तिमान बनाउँदा भारतले श्रीलंकालाई ७ विकेटले हराएको छ ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको थियो । जसलाई भारतले ४३.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
भारतका ओपनरद्धय रोहित र केएल राहुलले दुबैले शतक पुरा गरे । पहिलो विकेटका लागि १८९ रनको साझेदारी गरेका रोहितले १०३ रन बनाए । यससँगै उनले एउटै विश्वकपमा पाँच शतकको रेकर्ड बनाएका छन् । विश्वकप २०१९ मा रोहितको यो लगातार तेस्रो तथा कुल पाँचौं शतक हो ।
यस्तै ओपनरद्धयले नै शतकको अर्को रेकर्ड बनेको छ । यसअघि २०११ मा श्रीलंकाले तिलरत्ने दिल्सान र उपल थरंगाले दुई खेलमा शतकको रेकर्ड बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनाएको थियो । खराब सुरुवात गरेको श्रीलंकाले ५५ रन जोड्दा विकेट गुमाइसकेको थियो ।
तर एन्जेलो म्याथु र लाहिरु थिरिमानले पारी सम्हाने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि १२४ रनको साझेदारी गरे । थिरिमाने ५३ रनमा आउट भए । त्यसपछि आएका धनन्जय डी सिल्भाले ७४ रनको साझेदारी गरे ।
म्याथु ११३ रनमा आउट भए ।
प्रतिक्रिया 4