Comments Add Comment

कस्तो भयो निरुताको ‘कमब्याक’ ?

चलचित्र क्षेत्रमा आफ्नो गतिलो स्थान बनाइरहेको समयम नायिका निरुता सिंह मुम्बई पुगिन् । चलचित्र क्षेत्रमा हराउँदै गएको सम्मानले आफूलाई दिक्क बनाएर मुम्बई पुगेको उनले बताउँदै आएकी छिन् । चलचित्र क्षेत्र नबुझी आएका निर्माता–निर्देशकहरुका कारण राम्रो चलचित्र बन्न नसकेको र यो क्षेत्र बदनाम भएको बताउँदै उनी मुम्बई पुगेकी थिइन् । उनी, लामो सयमदेखि मुम्बइमा रहँदै आएकी छिन् ।

तर, गत वर्ष रिलिज भएको चलचित्र ‘नाई भन्नु ल ५’बाट निरुताले चलचित्र क्षेत्रमा कमब्याक गरिन् । झण्डै ८ वर्षको विश्रामपछि उनी चलचित्र क्षेत्रमा फर्किएकी थिइन् । ‘नाई नभन्नु ल ५’मा उनको भूमिका सानो थियो । त्यसैले निरुता यो चलचित्रलाई कमब्याक मान्दिनन् ।

उक्त चलचित्रपश्चात् निरुताले ‘मह संचार’को व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’मा काम गरिन् । यो चलचित्रमा भने उनको मुख्य भूमिका रहेको थियो । लामो समयको विश्रामपछि फर्किएकी निरुतामा धेरै दर्शकको आशा थियो । तर, चलचित्रमा निरुताको अभिनय ‘लाउड’ भएको भन्दै दर्शक सन्तुष्ट भएनन् । उनले यो विचमा चलचित्र ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा समेत नृत्य गरिन् ।

‘दाल भात तरकारी’को छायांकन नसकिदै निरुतालाई दुई चलचित्रबाट अफर आएको थियो । विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘हजार जुनीसम्म’ र सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट उनलाई अफर गरिएको थियो । तर, उनले निकै चर्को पारिश्रमिक माग गरेपछि निर्माणपक्ष पछि हट्यो ।

अहिले निरुता मुम्बई नै छिन् । डेंगु रोगका कारण लामो समय बेड रेष्टमा रहेकी निरुता अहिले पनि पूर्ण रुपमा निको भएकी छैनन् । निरुताको कमब्याकलाई लिएर चलचित्र क्षेत्र उत्साहित भएको थियो । तर, निरुतालाई यो क्षेत्रमा पहिलोको जस्तै स्थान बनाउन सजिलो भने छैन । अब, निरुताले यो क्षेत्रलाई कसरी अगाडि बढाउने हुन् भन्ने प्रतिक्षा दर्शकलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नार–फूको यात्रा

Advertisment