
बलिउड नायक ऋतिक रोशन र उनकी श्रीमती सुजैन डिभोर्सपछि टाढा छन् । तर, उनीहरु छोराछोरीका लागि समय–समयमा नजिक हुन्छन् । बिबाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरेका थिए । अहिले पनि उनीहरु छोराकै लागि भएपनि सँगै घुम्न पुग्छन् । डिनरमा सँगै हुन्छन् । बिदा मनाउनको लागि ‘आउटिङ’ जान्छन् । हेर्दा लाग्छ, उनीहरु अलग भएपनि उनीहरुको माया अझै गाढा छ ।
हालै एक अन्तरवार्तामा ऋतिकले सुजैनको खुलेर तारिफ गरे । उनले आफूहरु बेस्टफ्रेण्ड भएको समेत बोलेका छन् । ‘हाम्रो सम्बन्ध निकै राम्रो छ । बच्चाकै कारण हामी साथी बनेका थियौं । जुन निकै मजबुद छ’, ऋतिकले भने, ‘अर्को कुरा, माया कहिल्यै घृणामा बदलिदैन । यदि घृणामा बदलिन्छ भने त्यहाँ माया नै थिएन ।’
बलिउड बजारमा ऋतिक र सुजैनले फेरि बिबाह गर्ने चर्चा चल्ने गरेको छ । तर, उनीहरुले अहिलेसम्म यो बिषयमा भने केही पनि बोलेका छैनन् । कंगना रनावतसँग नजिक भएपछि ऋतिकको घर विग्रिएको थियो । तर, अहिले कंगना र ऋतिक नै एक अर्काको दुश्मन बनेका छन् ।
ऋतिक अहिले चलचित्र ‘सुपर ३०’को रिलिज प्रचारमा व्यस्त छन् ।
प्रतिक्रिया 4