Comments Add Comment

एसीसी यु १९ छनोट – फाइनलका लागि नेपाल र मलेसिया भिड्दै

२२ असार, काठमाडौं । एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले भोलि आयोजक राष्ट्र मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबार विहान किनरारा ओभलमा हुने खेलमा नेपाल आयोजक राष्ट्र मलेसियालाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै फाइनलमा पुग्न चाहन्छ ।

नेपाल समूह ‘ए’ को विजेता राष्ट्र हो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले जित निकालेको थियो । सेमिफाइनलमा पनि यस्तै नतिजा निकाल्दै नेपाल फाइनलमा पुग्न चाहन्छ ।

यता, मलेसिया भने नेपाल समूह ‘बी’ को उपविजेता हो । भोलि नै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्दैछ ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment