+
+
Shares

नेपालले टस जित्यो, मलेसियाको ब्याटिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते ८:१०

२३ असार, काठमाडौं । एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ ।

किनरारा ओभलमा नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ सुरु गरेको छ । मलेसियालाई सस्तैमा समेट्दै नेपाल जित हात पार्ने लक्ष्यमा छ ।

तुलनात्मक रुपमा नेपाल आयोजक राष्ट्र मलेसियाभन्दा बलियो टिम हो । आजको खेलमा मलेसियालाई पाखा लगाउँदै नेपाल उपाधि यात्रालाई जारी राख्न चाहन्छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा छ ।

नेपाल समूह ‘ए’ को विजेता राष्ट्र हो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले जित निकालेको थियो । सेमिफाइनलमा पनि यस्तै नतिजा निकाल्दै नेपाल फाइनलमा पुग्न चाहन्छ ।

यता, मलेसिया भने नेपाल समूह ‘बी’ को उपविजेता हो । मंगलबार नै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्दैछ ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?