Comments Add Comment

स्क्रिप्ट कोठामा थुनिएर लेख्ने कुरा होइनः निश्चल बस्नेत

निश्चल बस्नेतलाई धार परिवर्तन गर्ने निर्देशकका रुपमा लिइन्छ । एक स्वरुपमा चलिरहेको चलचित्र क्षेत्रमा ‘लुट’ जस्तो फरक कथाको चलचित्र निर्देशन गरेर उनले चलचित्रको स्वरुप परिवर्तन गरिदिएका थिए । त्यस चलचित्रपश्चात उनी सेलिब्रिटी निर्देशक बने । धेरैको नजर उनीमा परेको थियो । तर, ‘लुट २’ बाट भने उनी नराम्रोसँग चिप्लिए । व्यापारिक रुपमा चलचित्र सफल भएपनि ‘लुट’ जस्तो बन्न नसकेको भन्दै निश्चलले धेरै आलोचना खेप्नु पर्यो । यो कुरालाई उनले स्विकार पनि गरेका थिए । उनले, आफूले हतारमा काम गर्दा केही कमजोरी भएको स्विकार गरे ।

धार परिवर्तन गर्ने निर्देशकबाट अहिले पनि दर्शकले फरकपन बोकेको चलचित्र अपेक्षा गरिरहेका छन् । तर, निश्चल भने चलचित्रको निर्देशनमा भन्दा पनि अभिनयमा बढि केन्द्रित छन् । चलचित्रको आइटम गीतदेखि प्रमुख भूमिकामा पनि निश्चल देखिन थालेका छन् ।

नयाँ चलचित्र निर्देशनको तयारी गरिरहेको भन्न निश्चल छुटाउँदैनन् । ‘दर्शकले तपाईबाट केही नयाँ अपेक्षा गरिरहेका छन् नि !’, अनलाइनखबरसँगको एक भेटमा सोधिएको प्रश्नमा निश्चलले कथामा काम भैरहेको सुनाए ।
उनले अगाडि थपे–‘स्क्रिप्ट भनेको कोठामा थुनिएर लेख्ने कुरा होइन । कोही पनि मान्छेले २४ घण्टा कोठामा थुनिएर लेखेको हुँदैन । मैले अन्य चलचित्रमा काम गरेर थप कुराहरु सिकिरहेको छु । कुनै कुरा दिमागमा आयो भने त्यसलाई नोट गर्छु र खाली समयमा लेख्ने गर्छु ।’

राम्रो स्क्रिप्टका लागि आफूले धेरै पटक लेखेर धेरै पटक च्यातेको उनको भनाई छ । उनले आफू चुप नबसेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment