+
+
Shares

एआईजीलाई प्रदेश प्रमुख बनाऔं : पूर्वमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १३:००

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद एवं पूर्व गृहमन्त्री नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव राखेका छन् । यसलाई प्रदेश आई वा अरु केही भन्न सकिने उनको तर्क छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै शर्माले भने, ‘प्रदेश प्रहरी प्रमुख माथि आउने हो र आईजी पनि हुनसक्छ ।’

शान्ति सुरक्षाको अधिकार नहुँदा प्रदेश सरकार सरकार जस्तो हुन नसकेको भन्दै उनले प्रदेश प्रहरी प्रमुखबाहेक अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश सरकारलाई नै दिनुपर्ने बताएका छन् ।

वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक केन्द्रले खटाउने व्यवस्थामा संशोधन गर्दै प्रदेश प्रहरीले पदपूर्ति नगर्दासम्म थप्न सुझाए । साथै पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न आग्रह गरे ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने प्रस्तावित व्यवस्थाको समर्थन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?