Comments Add Comment

‘केजीएफ’ निर्देशकले महेश बाबुलाई पत्याएनन्

गत वर्ष रिलिज भएको चलचित्र ‘केजिएफ’ बक्स अफिसमा ब्लकबस्टर सावित भएको थियो । यस चलचित्रबाट मुख्य भूमिका निर्वाह गरेका नायक यशको पनि निकै चर्चा भयो । निर्देशक प्रशान्त निलको पनि चर्चा निकै चुलियो ।

यस चलचित्रपश्चात् प्रशान्तलाई धेरै ठूलो व्यानरहरुबाट निर्देशनको अफर आएको थियो । तर, उनले सम्पूर्ण अफरलाई अस्वीकार गर्दै आएका छन् । उनी अहिले ‘केजीएफ २’ को तयारीमा लागिरहेका छन् ।

यस्तैमा एक समाचार बाहिरिएको छ कि, प्रशान्तले केजीएफ २ सिध्याएपछि तलेगु चलचित्र निर्देशन गर्नेछन् । त्यहाँको सफल व्यानर ‘माइथ्री मुभी मेकर्स’को व्यानरमा बन्ने चलचित्रलाई प्रशान्तले निर्देशन गर्ने पक्का भइसकेको छ । प्रशान्तले यस चलचित्रबाट केही पारिश्रमिक पनि लिइसकेका छन् ।

यस व्यानरमा निर्माताले चलचित्रमा महेश बाबुको चाहना राखेका छन् । तर, निर्देशक प्रशान्तले भने उक्त कुरालाई अस्वीकार गरेका छन् । प्रशान्तले जुनियर एनटीआरको समय बुझ्न निर्मातालाई भनेका छन् । यसको मतलब, प्रशान्तले जुनियर एनटीआरको लागि महेश बाबुलाई रिजेक्ट गरेका छन् ।

अहिले जुनियर एनटीआर एसएस राजमौली निर्देशित चलचित्र ‘आरआरआर’को छायांकनमा व्यस्त छन् । यस चलचित्रमा एनटीआरसँगै राम चरण, अजय देवगण, आलिया भट्टलगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment