Comments Add Comment

प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

२४ असार, काठमाडौं । नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ ।

टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ ।

प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ ।

पाँच लाख बढि ग्राहकले डाउनलोड गरिसकेको नेट टीभी एप अब प्रभु टीभीका रूपमा रिब्रान्डिङ भएको छ । नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड गरी पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन् ।

मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।

प्रभु टीभी एपमा प्रयोगकर्ताले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न सक्नेछन भने मन परेका कार्यक्रम रेकर्ड पनि गर्न सक्छन । साथै ग्राहकले अन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् ।

प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवा(आइपीटीभी) समेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।

सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो । त्यसपछि सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेेको प्रभु टीभीले जनकपुर र बीरगन्जमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment