Comments Add Comment

पूर्वकर्मचारीको चाडपर्व खर्च कटौती नगर : कांग्रेस

२५ असार, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अवकाशप्राप्त कर्मचारीहरुलाई दिइँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ ।

संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा गत आइतबार भएको छलफलमा अधिकांश सांसद्हरुले सेवा निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता दिनु उपयुक्त नभएकाले कटौती गर्न प्रस्ताव गरेका थिए ।

तर, कांग्रेस संसदीय दलको कार्यालयले सेवा निवृत्त कर्मचारीले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ । पूर्व कर्मचारीहरुले लामो समयसम्म राष्ट्र सेवकका रुपमा योगदान पु¥याएकाले चाडपर्व खर्चमा मन खुम्च्याउन नहुने मत कांग्रेस संसदीय दलको छ ।

हाल सेवा निवृत्त कर्मचारीलाई चाडपर्व खर्चबापत दशैंमा १ महिना बराबरको तलब दिइँदै आएको छ ।

‘पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत छैन । तसर्थ उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ’, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment