Comments Add Comment

बलिउडकर्मीले नै भिडियो बनाएपछि

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा ब्याटल क्याप च्यालेञ्ज भाइरल भैरहेको छ । थुप्रै सेलिब्रिटी तथा सर्वसाधारणहरुले पनि यो च्यालेञ्जलाई स्विकार्दै आफ्ना भिडियोहरु बनाइसकेका छन् । अहिले आएर बलिउड अभिनेता सोनू सूदले यो च्यालेञ्जका लागि एउटा रमाइलो भिडियो तयार पारेका छन् ।

हालैमा एक्सन गुरु अक्षय कुमारले रिभर्स स्पिनि किक हान्दै बोतलको बिर्को खोलेको भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोसंगै अक्षयले आफ्नो प्रसंशकहरुका साथे बलिउडका साथीहरुलाई पनि च्यालेञ्ज पनि दिएका थिए ।

उक्त भिडियोपछि अधिकांश बलिउड सेलिब्रेटीहरु (अभिनेता/अभिनेत्रीहरु) तथा अक्षयका प्रसंशकहरुले उक्त च्यालेञ्जलाई स्विकार्दै आफ्ना भिडियोहरु पोस्ट गर्न थाले । उक्त च्यालेञ्जलाई स्विकार गर्दै अभिनेता सोनू सूदले पनि आफ्नो भिडियो पोस्ट गरे, जुन अन्य भिडियोभन्दा बिल्कुलै पृथक तथा आकर्षक छ ।

सूदले उक्त भिडियो पोस्ट गर्दै क्याप्सनमा #bottlecapchallenge लेखेका छन् । उक्त भिडियोमा उनले ह्याङगिङ् एक्सरसाइज गर्दै आफ्नो खुट्टालाई माथितर्फ लगेको देखिएको छ, संगैका व्यक्तिको एउटा हातमा बोतल पनि देखिन्छ । भिडियोमा जसै सोनू आफ्नो खुट्टालाई माथिसम्म पुर्याउँछन्, बोतलको बिर्को झरेको देखिन्छ ।

सोनू सूदको उक्त भिडियो उनका प्रसंशकले निकै मन पराएका छन् । कसैले यसलाई सबै बोटल च्यालेञ्जको बुवा बताइरहेका छन् भने कसैले हालसम्म हेरेका च्यालेञ्जका भिडियोमध्ये यसैलाई सर्वोत्कृष्ट भनेका छन् ।

प्रशंसकहरुबाहेक बलिउडका अन्य सेलिब्रेटीहरुले पनि यो च्यालेञ्जलाई स्विकार गरेका छन्, जसमा सिद्धार्थ चतुर्वेदी, टाइगर श्राफ, अनिता हसनंदानी, अदा शर्मा आदि छन् ।

अक्षयले आफ्नो प्रशंसकहरुलाई यो च्यालेञ्ज प्रयास गर्न आग्रह गरेका छन् । उनले उक्त च्यालेञ्जलाई उत्कृष्ट शैलीबाट गर्ने व्यक्तिको भिडियोलाई री-पोष्ट तथा री-ट्वीट गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment