Comments Add Comment

मनसुन सौन्दर्यः कपालको चायाँ हटाउने काइदा

मनसुनमा शरीरबाट तेल र पसिना निस्कने हुँदा कपालमा चाया पर्ने समस्या देखापर्छ । गर्मी मौसममा टाउकोको छाला तैलिय भए पनि कपाल चाहि सुख्खा र रुखो नै भैरहन्छ । टाउकोको छालामा रोमछिद्र बन्द भएका कारण यो समस्या पैदा हुन्छ । यसले टाउकोबाट निस्कने प्राकृतिक तेलको बाँडफाडमा नै समस्या पैदा गर्छ ।

आयल थेरापी

तपाईंको टाउकोको छालामै यदि चाया टाँसिएको भने त्यसका लागि हट आयल थेरापी उपयुक्त हुन्छ । यो थेरापीका लागि तिल अथवा जैतुनको तेललाई तताएर कपासले हल्का रगड्दै टाउकोको छालामा लगाउनुपर्छ । त्यसपछि तातोपानीमा तौलिया भिजाएर निचोरेपछि टाउकोमा बेर्नु पर्छ ।

करिव ५ मिनेटसम्म तौलियामा टाउकोमै राखेपछि पुनः तातोपानीमा तौलिया भिजाएर निचोरेपछि टाउकोमा बेर्नु पर्छ । यो प्रकृयालाई तीन-चार पटक सम्म जारी राख्नु पर्छ । यसबाट कपाल र टाउकोको छालाले राम्रोसँग तेल सोस्छ ।

तेल लगाइएको कपाल एक रातसम्म नपखाली त्यसै छोड्नुपर्छ । बिहान उठेर टाउकोको छालामा कागतीको रस लगाएर २० मिनेटपछि कपाल पखाल्नु पर्छ । यसो गर्नु भयो भने तपाईंले टाउकोको छालामा टाँसिएर बसेको चायाबाट छुटकारा पाउन सक्नु हुनेछ ।

कमालमा नियमित स्याम्पु

मनसुनको सिजनमा कपालमा केही समयको अन्तरालमा स्याम्पु गरिरहनु पर्छ । तपाईंको कपाल तैलिय छ भने त दिनका दिन स्याम्पु गर्दा पनि फरक पर्दैन । यसका लागि हामीले कपालमा माइल्ड हर्बल स्याम्पु प्रयोग गर्न सक्छौं । सम्झनु पर्ने कुरा के छ भने कपालमा स्याम्पो गरिसकेपछि राम्ररी धुनु पर्छ ।

मेहन्दीको प्रयोग

मनसुनमा हरेक साता आफ्नो कपालमा मेहन्दी लगाएर पनि कपाललाई स्वस्थ तथा आकर्षक बनाउन सकिन्छ भने चायाबाट छुटकारा पाउन सकिन्छ । मेहन्दीमा केही चम्चा कागतीको रस, त्यत्तिकै मात्रामा कफि पाउडर, दुई वटा अण्डा, एउटा सानो चम्चा मेथी पाउडरमा चियापत्ति मिसाएर गाढा पेस्ट बनाउनु पर्छ । त्यसपछि उक्त पेस्टलाई कपालमा लगाउनु पर्छ ।

करिव एक घण्टापछि कपाल धुनु पर्छ । यदि मेहन्दीमा अण्डा समेत प्रयोग गर्न चाहानु हुन्छ भने चियापत्तिको मात्रा बढाउन सक्नु हुनेछ । यसबाट कपाललाई चायामुक्त राख्न सहयोग मिल्छ ।

एसेन्सियल आयलको प्रयोग

बजारमा एसेन्सियल आयल पाइन्छ । यसको प्रयोगले पनि मनसुनमा टाउकोमा भएको चायाबाट मुक्त हुन सकिन्छ । त्यसका लागि ५० मिलिमिटर गुलावजलमा रोजमेरी एसेन्सियल ओयलको पाँच थोपा मिसाउनु पर्छ ।

त्यसरी मिसाएको मिश्रणलाई एउटा सानो बोतलमा बिर्को लगाएर राख्नु पर्छ । कपालमा स्याम्पु लगाएपछि यो तेललाई टाउकोको छालासम्म पुग्ने गरी दल्नु पर्छ । तेल लगाएको केही समयपछि राम्ररी पखाल्नु पर्छ ।

टाउकोको छालाको स्वास्थ

टाउकोको छालामै चाया पर्ने भएकाले यसलाई स्वस्थ राख्नु पर्छ । त्यसका लागि दुई मुठी नीमको पातलाई चार ग्लास तातोपानीमा भिजाएर रातभरी राख्नु पर्छ । बिहान त्यही पानीले कपाल धुन थालियो भने टाउकोको छाला चाया मुक्त हुन्छ भने टाउको चिलाउने समस्यामा पनि कमि आउँछ । यसले टाउकोको छालालाई पनि स्वस्थ र संक्रमणरहित बनाउँछ ।

यसका साथै नीमको पातलाई पिसेर टाउकोको छालामा लगाएर आधा घण्टापछि धुने गरियो भने पनि चायाबाट छुटकारा पाउन सकिन्छ ।

प्राकृतिक कन्डिसनर

बजारमा पाइने कन्डिसनरको साटो चियापत्ति र कागतीबाट बनाइएको झोलले कपालका लागि राम्रँे कन्डिसनरको काम गर्न सक्छन् । त्यसका लागि चियापत्तिलाई अलि धेरै बेरसम्म उमालेर चिसोभएपछि त्यसमा कागतीको रस मिसाउनु पर्छ । स्याम्पु लगाएपछि उक्त मिश्रणलाई कपालमा लगाएर पखाल्नु पर्छ । यसले गर्मी मौसममा कपालबाट पसिना आएर हुने चिपचिपाहतबाट मुक्ति दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment