+
+
Shares

रोल्पामा ७९ वर्षीय वृद्ध मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते ८:५६

५ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।  ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए ।

बाटोदेखि करिब १५० मिटर तल उनको शव भेटिएको बुढामगरले बताए ।

मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको बताएका छन् ।

‘विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्नेछ,’ उनले भने ।

घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरी त्यसतर्फ गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?