+

स्कटल्यान्डका मार्क वाटले कर्णालीबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  ५ गते ८:१८ २०८२ कात्तिक ५ गते ८:१८
स्कटल्यान्डका मार्क वाटले कर्णालीबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि स्कटल्यान्डका स्पीन बलिङ अलराउन्डर मार्क वाटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।
  • मार्क वाटले स्कटल्यान्डका लागि ७७ टी-२०आई खेलमा ८९ विकेट र २९४ रन बनाएका छन् भने समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट र ३६८ रन बनाएका छन्।
  • एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म आयोजना हुँदैछ।

५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि कर्णाली याक्सले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ ।

कर्णालीले सामाजिक सञ्जालमार्फत स्कटल्यान्डका अनुभवी स्पीन बलिङ अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

२९ वर्षीय वाटले स्कटल्यान्डका लागि समग्र टी-२०आईमा ७७ खेलमा ८९ विकेट लिएका छन् । २९४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट लिएका छन् ।३६८ रन बनाएका छन् ।

एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म हुँदैछ ।

मार्क वाट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय