Comments Add Comment

रोमान्सकै लागि तौल बढाउने अभिनेत्री

कुरा अनौठो छ । रोमान्सको लागि तौल बढाउने । नपत्याए हेर्नुहोस्, अभिनेता चंकी पान्डेकी छोरीलाई । उनको नाम हो, अनन्या पाण्डे ।

फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ बाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री अनन्या पाण्डे चाडै नै आफ्नो दोस्रो फिल्मका छायांकनमा व्यस्त हुँदैछिन् । यतिबेला अनन्या ‘पति पत्नी और वो’ को रीमेकमा कार्तिक आर्यन तथा भूमि पेडनेकसँगै अभिनय गर्दैर्छिन् । उक्त फिल्मका लागि अनन्याले धेरै प्रकारका तयारीहरु गरिरहेकी छिन् ।

उक्त फिल्ममा अनन्याले अलि बढी उमेरकी सेक्रेटरीको भूमिका निर्वाह गरिरहेकी छिन्, जसका बोस उनीप्रति मोहित हुन्छन् । आफ्नो भूमिकाका लागि अनन्याले थुप्रै वटा होमवर्क गरिरहनु परेको छ । ती मध्ये एउटा हो आफ्नो शरीरको तौल बढाउनु पर्ने ।

हालैको एउटा अन्तर्वार्ताको क्रममा अनन्या भन्दै थिइन्-‘म आफ्नो नयाँ फिल्मका लागि धेरै प्रकारका तयारीहरु गरिरहेकी छु । सबैभन्दा ठूलो कुरा मैले यो अवधिमा पाँच केजी तौल बढाएकी छु ।’

अनन्याका अनुसार उनले फिल्मको चरित्रकै लागि पाँच केजी तौल बढाउनु परेको हो । तौल बढाउनु आफैंमा सजिलो काम नभएको उनको भनँइ छ । उनी भन्दै थिइन्, ‘तौल बढाउनु भनेको तपाईंले जे पायो त्यही खानेकुरा खानु भन्ने होइन, बरु सही र ठिक तरिकाले खाना खानु हो ।’

अनन्याका अनुसार उनले आफ्नो तौल बढाउनका लागि हरेक घण्टा केही न केही खाएकी थिइन् । खानामा प्रोटिनको मात्रा समेत बढाएकी छिन् । यसबाहेक उनले एउटा कडा रुटिनलाई समेत फलो गरेकी थिइन् । यसका साथै एक जना डाइटिसियनले नै उनको खानपानलाई नजिकबाट नियालेका थिए ।

पति पत्नी और वोको स्टार कास्ट जुलाई १० तथा ११ का दिन लखनउमा हुँदैछ । उक्त फिल्मको छायांकन उत्तर प्रदेशमा करिव दुई महिनाको अवधिमा पुरा गरिने छ । फिल्मको फस्ट लूक हालै सार्वजनिक गरिएको थियो, जसमा कार्तिक, अनन्या तथा भूमि देखिएका थिए । भूषण कुमारले उक्त फिल्म निर्माण गर्न लागेका हुन् । यो फिल्म डिसेम्बर ६, २०१९ मा प्रदर्शन हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment