Comments Add Comment

मदन पुरस्कारका लागि छानिए ७ कृति (सूचीसहित)

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।

छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।

छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ ।

मदन पुरस्कार प्रतिष्ठित पुरस्कार हो । यसको राशि २ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment