Comments Add Comment

न्युजिल्याण्डविरुद्ध सुरुवातमै भारत दबाबमा, रोहित, विराट र राहुल आउट

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेको छ ।

भारतका मुख्य तीन खेलाडी आउ भएका छन् । रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए ।

१.३ ओभरमा रोहित एक रनमा आउट हुदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत दबाबमा परेको हो ।

यी तीन जना आउट भएपछि क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक रहेका छन् ।

यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment