Comments Add Comment

‘दबंग ब्वाई’ प्रभू देवाको गीतमा नाचेपछि….

बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म ‘दबंग-३’ को काममा व्यस्त छन्, जसलाई प्रभु देवाले निर्माण गरिरहेका छन् । उक्त फिल्मलाई यो वर्षकै बहुप्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।

दबंग-३ मा साउथ इन्डियन स्टार सुदीप खलनायकको भूमिकामा देखिंदैछन् । फिल्ममा सोनाक्षी सिन्हा तथा अरबाज खान आफ्ना पुराना चरित्र रज्जो तथा मख्खनचन्द पाण्डेको रुपमा देखिने छन् ।

यसैबीच सलमान खानले दबंग ३ का निर्देशक प्रभु देवाको अघिल्लोतिर उनको पुरानो फिल्मको एउटा लोकप्रिय गीतमा आकर्षक नृत्य गरेको भिडियो इन्टाग्राममा भाइरल भएको छ ।

सलमानले प्रभु देवालाई आफ्नो डान्स गुरु मान्दै ‘उर्वसी…’ गीतमा आकर्षक नृत्य गरेका हुन् । सलमानले नृत्य गरिरहेको भिडियो इन्स्टाग्रँममा अपलोड गरेका थिए, जसलाई सलमानका लाखौं फ्यानहरुले मन पराएका छन् ।

दबंग-३ को छायांकनको व्यस्तताका बीच सलमानले यो रमाइलो नृत्यसहितको भिडियो अपलोड गर्न भ्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment