+
+
Shares

नुवाकोटमा सर्पको डसाइविरुद्धको खोप अभाव

रासस रासस
२०७६ असार २६ गते ११:०८

२६ असार, नुवाकोट । नुवाकोटमा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम)को अभाव भएको छ । सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभावपछि सेवा लिन बिरामीलाई काठमाडौं पुग्नुपर्ने बाध्यता बनेको छ ।

नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्याङ्कका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन् । यहाँ औषधि नहुँदा उनीहरुलाई काठमाडौं पठाउने गरिएको छ ।

‘अन्य जिल्ला विशेष गरेर तराईबाट निर्माणका सामग्री ल्याउँदा विषालु सर्प भित्रिएको पाइएको छ’, केसीले भने, ‘केन्द्रबाट माग भएकाले केही मात्रामा भए पनि अर्को महिनादेखि आउने आशा राखेका छौं ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोका प्रमुख राममणि घिमिरेले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?