+
+
Shares

विराटको कप्तानीमाथि सचिन र सौरभले प्रश्न उठाए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १७:२१

२६ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले हारेपछि विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ ।

भारतको पूर्वकप्तान सौरभ गांगुली र पूर्वखेलाडी सचिन तेन्दुलकरले विराटले महेन्द्रसिंह धोनीलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाउनु गल्ती भएको बताए ।

नियमित रुपमा धोनी पाँचौ नम्बरमा ब्याटिङ गर्न आउथे । तर न्युजिल्यान्डविरुद्धको खेलमा भने सातौ नम्बरमा आए । यही भारतको एउटा गल्ती भएको पूर्वकप्तान गांगुली र सचिनको आरोप छ ।

धोनीभन्दा अघि नै हार्दिक पाण्ड्या र दिनेश कार्तिकलाई ब्याटिङ गर्न पठाइयो । २४० रनको लक्ष्य पनि भारतको लागि सहज बनेन ।

२०११ को विश्वकप भारतले जित्दा फाइनल खेलमा श्रीलंकाविरुद्ध धोनी चौथो नम्बर ब्याटिङ गर्न आएका थिए । त्यसबेला पनि भारतको महत्वपूर्ण तीन विकेट गुमेको थियो । वीरेन्द्र सेहवाग, सचिन तेन्दुलकर र विराट कोहली सस्तैमा आउट भएका थिए भने खेल श्रीलंकातर्फ धकेलिसकेको थियो ।

तर त्यसबेला कप्तान धोनीले ७९ बलमा ९१ रनको उत्कृष्ट पारी खेल्दै भारतलाई च्याम्पियन बनाएका थिए । किनभने चौथो नम्बरमा भारतका युवराज सिंहले ब्याटिङ गर्दै आएका थिए । तर उनको फाइनलमा उनी युवराज भन्दा अघि आएका थिए ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान गांगुलीले भनेका छन्, ‘यहाँ धोनीले ब्याटिङ कस्तो ग¥यो भन्ने मुख्य कुरा होइन । यदि धोनी पहिले नै आएको भए युवा खेलाडीलाई सम्यमित भएर ब्याटिङ गर्न सिकाउथे ।’

रिषभ पन्त सेट भएका थिए । तर मिचेल साट्नरको बलमा उनी खराब सर्ट प्रहार गर्दै आउट भए । यस्तो अवस्थामा राम्रो सल्लाह गर्ने खेलाडीको आवश्यकता थियो ।

उनले थपेका छन्, ‘यस्तो अवस्थामा कोही अनुभवि खेलाडीको आवश्यकता थियो । क्रिजमा धोनी भएका भए यस्तो गलत प्रहार गर्न दिने थिएनन् । रवीन्द्र जडेजा र धोनीको बीचमा राम्रो कुराकानी भइरहेको थियो र उनीहरुले राम्रो साझेदारी गरे । धोनीलाई सातौं नम्बरमा पठाउन हुदैन थियो ।’

सचिनलाई पनि लाग्छ कप्तान विराटले सातौं नम्बरमा पठाएर गलत ग¥यो । सचिनले भने ‘दिनेशलाई पाँच नम्बरमा खेल्न पठाउनु बुझन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?