Comments Add Comment

दर्शकले हाम्रो जोडीलाई मन पराउनुभएको छः पूजा–आकाश

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’को हाल धमाधम डबिङ चलिरहेको छ । चलचित्रको एउटा गीतको छायांकन भने बाँकी नै छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको डबिङमा पुग्दा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा व्यस्त देखिएका थिए ।

निर्देशक शिशिर राणाले कमेडी तथा सामाजिक कथामा यो चलचित्र बनेको बताए । चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरको पनि मुख्य भूमिका छ ।

चलचित्रको डबिङमा भेटिएकी नायिका पूजा शर्माले भनिन्–‘पोई पर्यो काले मेरा लागि विशेष छ । यो चलचित्रमा दर्शकले मलाई घमण्डी यूवतीको भूमिकामा देख्नुहुनेछ । यसैले म आफै पनि फरक भूमिका गर्न पाउँदा उत्साहित छु ।’

यस्तै, नायक आकाश श्रेष्ठले पनि डबिङमा चलचित्र हेरिरहँदा आफू उत्साहित भएको सुनाए । उनले भने–‘चलचित्रको कथावस्तु रमाइलो छ । सामाजिक कथालाई निर्देशकले कमेडी शैलीमा पर्दामा प्रस्तुत गर्नुभएको छ ।’

दर्शकहरुले आफूहरुको जोडीलाई निकै मन पराएकाले पनि चलचित्रमा एकसाथ देखिएको पूजा र आकाशले बताए ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment