Comments Add Comment

सामाखुशीको मिठाइ पसलबाट घुससहित ४ प्रहरी जवान पक्राउ

२७ असार, काठमाडौं । काठमाडौंको सामाखुशीमा घुस लिँदालिँदै चारजना प्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरीय ट्राफिक महाशाखा मातहत कार्यरत् जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारी छन् ।

उनीहरुसँगै ३ नं. गणका जवान हिड्लर साउद पनि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनीहरुलाई शुक्रबार दिउँसो एक मिठाइ पसलबाट पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार उनीहरुको साथबाट एक लाख रुपैयाँ बरामद भएको छ ।

‘सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा उनीहरुले रकम मागेका थिए’, कोइरालाले अनलाइनखबरसँग भने । थप अनुसन्धान भइरहेको उनले बताए ।

पछिल्लो समय महानगरीय प्रहरी आयुक्तको कार्यालयले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । जुन कारण भ्रष्टाचार न्यूनिकरण भएको दाबी गरिए पनि अझै विहीबारको घटनाले अर्कै दृश्य देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment