Comments Add Comment

रमितको ‘राजा साहेब’मा सोनिका र आइशा

नायक रमित ढुंगाना अहिले नयाँ चलचित्र ‘राजा साहेब’को तयारीमा छन् । निकै मंहगो पारिश्रमिक लिएर रमितले यस चलचित्रमा काम गर्दैछन् । केही समयको विश्रामपछि उनले व्यवसायिक चलचित्रमा काम गर्न लागेका हुन् ।

लामो समयदेखि चलचित्रको नायिकालाई लिएर निकै चर्चा भइरहेको थियो । चलचित्रको लागि नाम चलेका नायिकादेखि नयाँ युवतीहरुसँग पनि निर्माण पक्षले कुरा पुर्‍याएको थियो । अन्ततः चलचित्रको लागि नायिका पक्का भएको छ ।

चलचित्रको मुख्य भूमिकाको लागि सोनिका केसी पक्का भएकी छिन् । बिहीबार निर्माण युनिट र सोनिकाबीच सम्झौता भइसकेको छ । मोडलिङमा चर्चित उनले चलचित्र ‘चौका दाउ’को एक गीतमा पनि आइटम नृत्य गरिसकेकी छिन् । तर, मुख्य भूमिकाको लागि भने यो नै डेब्यु चलचित्र हुनेछ ।

चलचित्रको लागि आइशा राईलाई पनि मुख्य भूमिकामा देख्न पाइने छ । आइशा पनि मोडलिङ गरिरहेकी थिइन् । नायक रमित ढुंगानाले भने चलचित्रमा कुन नायिकासँग जोडी बाँध्ने हुन् भन्ने कुरा निर्माण पक्षले खुलाएको छैन ।

‘किराती इन्टरटेन्टमेन्टको व्यानरमा बन्ने यस चलचित्रलाई विचल किराती राईले निर्देशन गर्दैछन् । आगमी साताबाट छायांकनमा जाने यस चलचित्रमा चन्द्र लामा, ज्याक सुब्बा र भीमसेन कार्की निर्माताको रुपमा रहेका छन् । चलचित्रमा जयकिसन बस्नेत, विशाल पहाडी, प्रज्जवल गिरी, पुष्कार रेग्मीलगायतको पनि मुख्य भूमिका रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment