+
+
Shares

बार्सिलोना जाने भए लुई बेरी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १९:३३

२७ असार, काठमाडौं । स्पेनिस च्याम्पियन बार्सिलोनाले इंग्ल्याण्डका १६ वर्षे स्ट्राइकर लुई बेरीलाई अनुबन्ध गरेको छ ।

वेष्ट ब्रोमविच एल्बियनबाट बार्सिलोना गएका उनले तीन वर्षे सम्झौता गरेका छन् । उनी ६ वर्षदेखि वेष्ट ब्रोमविचमा थिए तर, च्याम्पियनसिप क्लबले व्यवसायिक सम्झौताका लागि गरेको प्रस्ताव अस्वीकार गरेका थिए ।

क्लबले स्पेनिस च्याम्पियनबाट क्षतिपूर्तिका रुपमा २ लाख ३५ हजार पाउण्ड पाउनेछ ।

बेरीले आगामी सिजन क्लबको यू–१९ टिमबाट खेल्ने बार्सिलोनाले जनाएको छ । यो सम्झौतालाई अन्तिम रुप दिन अब वेष्टब्रोम र इंग्ल्याण्डको फुटबल एसशोसिएनले अनुमति दिनुपर्नेछ । तर यो औपचारिकता मात्र हुने अनुमान छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?