Comments Add Comment

समाजवादीको प्रदेश ५ अध्यक्षमा अशोक यादव

२९ असार, बुटवल । समाजवादी पार्टी नेपालको प्रदेश पाँच समितिको अध्यक्षमा अशोक यादव चयन भएका छन् । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि प्रदेशमा पनि नयाँ समिति बनेको हो ।

पार्टीको शनिबार बुटवलमा सम्पन्न भेलाले प्रदेश समितिका पदाधिकारी चयन गरेको हो । ९९ सदस्यीय प्रदेश समितिमा अध्यक्षसहित ५७ जना तत्कालीन फोरम र मुख्य सचिवसहित ४२ जना नयाँ शक्तिबाट रहने सहमति भएको छ ।

जसअनुसार मुख्य सचिवमा यज्ञ पोखरेल, पाँच जना उपाध्यक्षहरुमा धनेश्वरी चौधरी, सन्तोष पाण्डे, विजय यादव, मोहम्मद रसिद खाँ, आश्मा बुढामगर छन् ।

सचिवहरुमा केशव नेपाली र टोपबहादुर बलाल तथा कोषाध्यक्षमा अम्बिका काफ्ले चयन भएका छन् । तीनमध्ये एकजना सचिवमा सहमति जुटाउन बाँकी छ ।

प्रदेश सदस्यहरुको टुंगो पनि एक हप्ताभित्रै लाग्ने पार्टीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment