Comments Add Comment

बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो

Photo Credit : onlinekhabar/File

२९ असार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । शनिबार दिउँसो ३ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक आइतबार बिहान करिब साढे १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

एकतर्फी बाटो खुलेपछि सवारी साधनहरु पालैपालो गन्तव्यतर्फ जान थालेका छन् । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

ठूला ढुंगासहित खसेको पहिरोले बाटो अवरुद्ध हुँदा शनिबारदेखि सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment