Comments Add Comment

बैंक मर्जर : कर्मचारी र सञ्चालक व्यवस्थापन चुनौती

२९ असार, काठमाडौं । नयाँ वानेश्वरको एउटा क्याफेमा कफ गफमा रहेका चार युवकमध्ये एकले भने, ‘घटुवा हुने पक्का भयो, कतैबाट ‘अफर’ आए अब अन्तै गइन्छ ।’

अर्का बोले, ‘मैले त नर्बेको लागि ‘ट्राई’ गरिरहेको छु, भिसा नलागुञ्जेल मतलब छैन, लागे पछि सक्किगयो ।’

क्याफेमा ग्राहकहरुको हल्ला बढेसंगै उनीहरुको कुरा सुनिन छाड्यो । छेउको टेवलबाट जति सुनियो, त्यो पछिल्लो समय बैंकिङ क्षेत्रमा चर्चाको विषय बनेको ‘बिग मर्जर’ले पारेको असरसंग सम्बन्धित कुरा थियो ।

ती चार युवक कुनै वाणिज्य बैंकमा कार्यरत कर्मचारी रहेको प्रष्ट बुझिन्थ्यो । अहिले बैंकहरुको मर्जर माथिल्लो तहका कर्मचारीहरुको लागि टाउको दुखाइ बनेको छ ।

बैंकको संख्या बढ्दा सिर्जना भएका प्रमुख पदहरु मर्जरसंगै घटिरहेका छन् । धमाधम मर्जर भएपछि आधा दर्जन जति त प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु नै जागिरविहीन बनेका छन् ।

कर्मचारीदेखि सञ्चालकसम्मको अप्ठ्यारा

अघिल्लो साता ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जर सम्झौता गरे । यी बैंकको मर्जरमा सीईओको व्यवस्थापन गाह्रो प्रक्रिया थियो । बैंक चलाइरहेका सीईओहरुको व्यवस्थापनको एकमात्र तरिका थियो– दुईमध्ये एक जनाको घटुवा ।

घटुवा गर्न पक्कै सहज हुँदैन । वाणिज्य बैंक र विकास बैंक मर्जपछि वाणिज्यको सीईओ र विकास बैंकको डेपुटी सीईओ बन्न सक्छन् । तर, ठूला बैंकहरुको हकमा यो उपाय पनि सहज हुँदैन । लामो समय वाणिज्य बैंकको कार्यकारी नेतृत्व गरेका ‘प्रोफेसनल’लाई अर्काको डेपुटी बन्न गाह्रै पर्छ ।

ग्लोबल आईएमई र जनतालाई भने यस्तो समस्या भएन । किनभने, ग्लोबलमा सीईओ थिएनन्, डेपुटी सीईओ महेश शर्मा ढकालले कार्यबाहकको रुपमा नेतृत्व गरिरहेका थिए । मर्जपछि बन्ने बैंकको कार्यकारी नेतृत्व जनता बैंकका सीईओ पर्शुराम कुंवर क्षेत्रीले गर्नेगरी कुरा मिल्यो ।

सबै बैंकले मर्जरमा यस्तो सहजता पाउँदैनन्, कि एक जना सीईओलाई घटुवा गर्न सक्नुपर्छ कि त बिदा गर्नुपर्छ । यो समस्या सीईओ व्यवस्थापनमा मात्र नभई बैंकको प्रधान कार्यालयमा कार्यरत विभागीय प्रमुखहरुको सवालमा पनि चुनौती बन्छ ।

बैंक मर्जरपछि पनि शाखा संख्या नघट्ने हुँदा तल्ला तहका कर्मचारीहरुलाई घटुवाको पीर हुँदैन । उदयपुर जिल्लाको कुनै बजारमा ग्लोबल र जनताका एक÷एक शाखा कार्यालय छन् भने तिनलाई मर्ज गराएर एउटा बनाउनु पर्दैन । एकदमै नजिक छन् भने दुईमध्ये एक शाखालाई अर्को कुनै ठाउँमा स्थानान्तरण गर्ने बैंकहरुको प्रचलन छ ।

मर्ज हुँदा बैंकका सञ्चालकहरुलाई समेत पद जोगाउने चिन्ता हुन्छ । जस्तो, जनता बैंकसंग मर्जर सम्झौता गरिसकेका ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल छन् । छ जना बैंक सञ्चालक छन् ।

केशवबहादुर रायमाझी अध्यक्ष रहेका जनता बैंकको सञ्चालक समितिमा अध्यक्षसहित सातजना छन् । मर्जपछि बढीमा सातजनाको सञ्चालक समिति बनाउनुपर्छ । अध्यक्ष एक जनामात्र हुनेछन् ।

वाणिज्य बैंकका सीईओहरुको संस्था बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना कर्मचारी व्यवस्थापनलाई मर्जरको प्रमुख चुनौती मान्छन् । उनी भन्छन्, ‘तर, आवश्यकता अनुसार बैंक मर्जर गर्दा यसलाई मिलाउनु नै पर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस् : 

१. बैंकको संख्या आधा घटाउन सकिन्छ

२. बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

३. बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

४. बिग मर्जरको चहलपहल : बैंकहरु आन्तरिक र बाह्य छलफलमा

६. कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

७. ‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

८. मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

९. ‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

१०. मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

११. मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

१२. अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१३. मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

१४. शुरु भयो बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

१५. मर्जरका लागि असीमित समय दिन सकिदैन : गभर्नर नेपाल

१६. मौद्रिक नीति छलफल : उद्योगी-व्यवसायीको चासो ब्याजदरमा, बैंकरले के भने ?

१७. बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

१८. मर्जरमा जाँदा साना संस्थालाई पर्याप्त सम्मान दिनुपर्छ

१९. मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

२०. बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ?

२१.  बिग मर्जरलाई पूर्व गभर्नरहरुको समर्थन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment