+
+
Shares

रुकुमपूर्वमा लुकेको पर्यटकीय गन्तव्य : गुप्त दह र सिस्ने हिमाल

दृश्यमा साना-ठूला पहाडका थुम्का र ती थुम्काका बीच टिलपिलाइरहेका दहहरूले आगन्तुकको मन लोभ्याउँछ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ मंसिर ६ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा-१ मा अवस्थित गुप्ता दह र सिस्ने हिमाल प्राकृतिक सौन्दर्यका प्रमुख स्थल हुन्।
  • सिस्ने हिमालको उचाइ ५,९११ मिटर छ र यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ।
  • गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले यस वर्ष पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको र उत्कृष्ट पर्यटन स्थल बनाउन प्रयास भइरहेको बताए।

६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा-१ स्थित अवस्थित गुप्त दह र सिस्ने हिमाल हिमालै-हिमालको बीचमा लुकेका प्राकृतिक सौन्दर्य हुन् ।

यहाँको दृश्यमा साना-ठूला पहाडका थुम्का र ती थुम्काका बीच टिलपिलाइरहेका दहहरूले आगन्तुकको मन लोभ्याउँछन् ।

‘गुप्त दह पुग्न सहज छैन । घुम्न गएका सञ्जीप खड्काका अनुसार त्यहाँ पुग्ने बाटो कठिन छ भने बसाइ-व्यवस्था पनि चुनौतीपूर्ण छ । तर, एकपटक यहाँ पुग्ने हो भने टाढा-टाढा रोल्पा, सल्यान, दाङ तथा रुकुमपूर्व-पश्चिमका विभिन्न ठाउँबाट पनि सिस्ने हिमालको दृश्य अवलोकन गर्न सकिन्छ’, खड्काले भने ।

सिस्ने हिमालको उचाइ ५,९११ मिटर छ र यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण  समेत गरिएको हो ।

‘गुप्त दह केवल एक छैन, सानो र ठूलो गरी दुई गुप्त दह छन् । दर्जन बढी ताल रहेका यी दहहरूको नाम ‘गुप्त’ हुनुको कारण तिनीहरू गुमनाम अवस्थामा रहँदै आएको हो’, वडाध्यक्ष रजबहादुर बुढाले भने, ‘गुप्त दहलाई स्थानीय भाषामा लिरुमारे पनि भनिन्छ । प्राचीन समयमा शिकारीले लिरु नामक जनावर मार्दा ‘लिरु मारे’ भन्ने नाम रहन गएको हो ।’

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार यस वर्ष पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको छ ।

गत वर्ष केही काम भए पनि यस वर्ष गाउँपालिकाले र जिल्लाको उत्कृष्ट पर्यटन स्थल बनाउने लक्ष्य राखेको र पर्यटन हब बनाउन गाउँपालिका लागि परि रहेको उनले बताए ।

तस्वीरहरू : बालाराम शेर्पाली ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?