Comments Add Comment

‘भेज’ चुम भ्याली

काठमाडौं । वरिपरि हिमाल आफूचाहिँ वीचमा ! हेर्दा लाग्छ, धर्तिको स्वर्ग भनेकै यही हो । बाहिरका आगन्तुक मात्रै होयन, उत्तरी गोर्खामै जन्मे हुर्केको मानिसलाई पनि जति पटक चुम भ्याली पुग्यो, त्यति नै आनन्द महसुस हुन्छ ।

चुम भ्याली प्राकृतिकरुपले मात्र नभएर सांस्कृतिक रुपले पनी धनी क्षेत्र हो । चुम भ्यालीको सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनिखालको हिंसा हुँदैन, अर्थात काटमार हुदैन ।

उत्तरी गोर्खामा पर्ने चुम भ्यालीको पदयात्राका लागि सामान्यतः दुई हप्तादेखि तीन हप्ताको समय उपयुक्त हुने गर्छ । आन्तरिक भन्दा बाह्य पर्यटकको रोजाइमा परेको चुम उपत्यकामा विगतका वर्षभन्दा यसवर्ष पर्यटकको आगमनमा बृद्धि भएको छ । तर, यो आगमन पर्याप्त चाहिँ छैन ।

चुम पुगेका पर्यटहरुका अनुसार चुमको प्राकृतिक सुन्दरताको जति व्याख्या गरे पनि पुग्दैन । तर, राज्यले यहाँको पर्यटकीय विकासमा जति ध्यान दिनुपर्ने हो, त्यति ध्यान दिन नसकेको दुःखेको पोख्छन् यहाँका स्थानीयवासी ।

यहाँ पर्यटकहरुले प्रवेशका लागि निश्चित दस्तुरसमेत तिर्नुपर्ने हुन्छ । पर्यटकीय मौसमा प्रत्येक पर्यटकले चुम भ्याली प्रवेश गर्दा ८ दिनको ३५ डलर तिनुपर्ने हुन्छ । अन्य समयमा ८ दिनको २५ डलर तिर्नुपर्ने हुन्छ । तर, चुम भ्यालीको नाममा पर्यटकबाट जुन पैसा राज्यले उठाएको छ, सोअनुसार विकास भने नभएको स्थानीयको गुनासो छ ।

चुम भ्याली भएर मनास्लु संरक्षण क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुले थप तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । बाह्य पर्यटकहरु यो क्षेत्रमा जानका लागि एकजना सहयोगी अनिवार्य लिएर जानैपर्ने प्रावधान छ । विदेशीलाई प्रवेशमा निषेध मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment