+

१० खेलाडीमा सीमित एभर्टनसँग युनाइटेडको हार

२०८२ मंसिर  ९ गते ८:०८ २०८२ मंसिर ९ गते ८:०८
१० खेलाडीमा सीमित एभर्टनसँग युनाइटेडको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा एभर्टनसँग १-० ले पराजित भएको छ।
  • एभर्टनका किर्नन ड्युसबरी हलले २९औं मिनेटमा निर्णायक गोल गरेका थिए।
  • इड्रिसा गुएले १३औं मिनेटमा रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो।

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युनाइटेड १० खेलाडीमा सीमित एभर्टनसँग १-० ले पराजित भएको हो ।

एभर्टनको जितमा किर्नन ड्युसबरी हलले २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि १३औं मिनेटमा इड्रिसा गुएले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो ।

युनाइटेडले बल पोसेसनमा पनि पकड राखेर कूल २३ प्रहार गरेपनि गोल भने गर्न सकेन । एभर्टनको एक शट अन टार्गेट नै गोल भयो ।

हारपछि युनाइटेडले शीर्ष ५ मा पुग्ने मौका गुमाएको छ । युनाइटेडको १२ खेलमा १८ अंक छ र १०औं स्थानमा यथावत् छ ।

एभर्टन भने समान १८ अंकका साथ युनाइटेडभन्दा एक स्थान तल ११औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग एभर्टन म्यान्चेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय