Comments Add Comment

‘गीत गजल’को गीतमा रोमान्टिक रुप र आरोही

चलचित्र ‘गीत गजल’को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । भारतको गोवार नेपालमा छायांकन गरिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

यो चलचित्र असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचरिङ गरिएको छ । यो चलचित्र यी दुबैका लागि डेब्यू हो । नितिन चन्दको कोरियोग्राफी रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् ।

आरोहण प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् । आरोहण क्षेत्री यसका निर्माता हुन् भने सह–निर्माता सुजन आचार्य हुन् । चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment