+
+
Shares

‘बिहेपछि अवार्ड पाइदैन भन्नेलाई मेरो अवार्ड सन्देश हो’: स्वस्तिमा

‘चलचित्र क्षेत्रमा आएको सार्थक भए जस्तो लाग्यो’: बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १२:४२

शुक्रबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट वि.सं २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जित्दै गर्दा चलचित्र ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले वि.सं २०७५ सालको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । एकैसाथ ३ बर्षको अवार्ड वितरण गरिएको सो समारोह केही विवादस्पद र केही रोचक देखिएको थियो ।

अवार्ड जितिसकेपछि नायिका बेनिशा हमाल र स्वस्तिमा खड्काले अनलाइनखबरसँग छोटो कुराकानी गरेका छन्ः
१. पहिलो राष्ट्रिय अवार्ड जित्दाको अनुभव कस्तो रह्यो ?

बेनिशाः एकदमै खुशी लागिरहेको छ । कुनै पनि कलाकारले राष्ट्रिय अवार्ड जित्दा गर्व महशुश भएको छ । ‘राष्ट्रिय अवार्ड जितेको कलाकार’ भनेर ट्याग पाउँदा खुशी लाग्छ । बल्ल मलाई चलचित्र क्षेत्रमा आएको सार्थक भएजस्तो लागिरहेको छ ।

स्वस्तिमाः राष्ट्रिय अवार्डको आफैमा महत्व हुन्छ, एकदमै खुशी लागेको छ ।

२. स्वस्तिमाजीलाई त एकैपटक दोहोरो खुशी मिल्यो होइन ?
एकैचोटी भएकाले उस्तै लागिरहेको छ । ‘राष्ट्रिय अवार्ड’मा मैले आफ्नै देशका कलाकारसँग प्रतिस्पर्धा गरेको हुँ । ‘सार्क फिल्म फेस्टिभल’मा मैले आफ्नो देशको प्रतिनिधित्व गरेको हुँ ।

३. दुबै जनाले फरक खालको चलचित्रबाट अवार्ड पाउनुभएको छ, अवार्ड पाउछु भन्ने लागेको थियो
?
बेनिशाः चलचित्र गर्दा त अवार्डका लागि भन्दा पनि आफ्नो कामलाई न्याय दिन सकिन्छ कि सकिदैन भनेर बढी केन्द्रित भइन्छ । चलचित्र रिलिज भएपछि दर्शकको प्रतिक्रिया र समिक्षाको आशा बढी हुन्छ ।

स्वस्तिमाः मैले पनि अवार्ड नै पाउँछु भनेर काम गरेकी त होइनँ । काम गर्दा अवार्डतिर ध्यान जाँदैन । अवार्ड आयोजनाको समय आउँदा भने, हाम्रो चलचित्रले अवार्ड पाउला कि नपाउला भन्ने लाग्छ ।

४. ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेपछि जिम्मेवारी कती बढ्यो भन्ने लाग्छ ?

स्वस्तिमाः धेरै जिम्मेवारी बढेको छ जस्तो लाग्छ । अब, ध्यान दिएर काम गर्नुपर्छ भन्ने लागेको छ । अझै राम्रो गर्नुपर्छ भन्ने लागेको छ । आफूले पहिले गरेको भन्दा अझै बढी गर्नुपर्छ भन्ने लाग्छ । पहिले सत प्रतिशत दिएको थिएँ भने अब २ सय प्रतिशत दिनुपर्छ ।

बेनिशाः अवार्ड समारोहमा बसिरहँदा पनि मैले महशुश गरेको कुरा के थियो भने, मेरो चलचित्र ग्यापमा आउँछ । यसले मलाई प्रेसर महशुश हुन्छ । हरेक चलचित्रसँगै मलाई प्रेसर आएको हुन्छ । राष्ट्रिय अवार्डले अझै बढी दबाब दिएको छ । अब, मैले चलचित्र छान्दा धेरै कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

५. लगातार २ वटा चर्चित पुरस्कार पाउँदा, अब कस्तो खालको फिल्म खेल्नु पर्छ भन्ने लागेको छ, स्वस्तिमाजीलाई ?

स्वस्तिमाः मेरो चयनमा जहिले पनि दुबै खालको चलचित्र हुन्छ । अवार्ड पाउने खालकै चलचित्र मात्रै गर्छु भन्ने पनि छैन । कमर्सियल र आर्ट मुभी दुबै गर्नुपर्छ ।

६. श्रीलंकामा अवार्ड जित्नुभयो, नेपालमा ‘राष्ट्रिय पुरस्कार’ पाउनुभयो । कुन पुरस्कारमा बढी गर्व महशुश भयो ?

स्वस्तिमाः राष्ट्रिय अवार्ड पाएको नायिका भन्दा अर्कै हुन्छ । ‘सार्क फिल्म फेस्टिभल’मा अवार्ड पाएकी नायिका भन्दा पनि अर्कै हुन्छ । यसमा कुनै पनि खालको तुलना हुँदैन । दुबैमा फरक महशुश हुन्छ ।

७. स्वस्तिमाजीले सार्वजनिक कार्यक्रममा पहिलो पटक सिउँदो लगाएर आउनुभएको छ, यसको कुनै खास कारण ?
स्वस्तिमाः सिउँदो लगाउनु बिबाहित महिलाको पहिचान हो । बिहे गर्ने बेलामा नै एकजना नायकले मलाई फोन गरेर तिमीले कहाँ बिहे गर्न लागेको, एक दुइवटा अवार्ड पाएपछि मात्र बिहे गर, नत्र अवार्ड नै पाइदैन भन्नुभएको थियो । तर, अहिले देशले नै दिएको अवार्ड पाएपछि बिहे गरेर, सन्तान जन्माएपछि पनि अवार्ड पाइन्छ भन्ने यसले सन्देश दिन्छ । सार्क फिल्म फेस्टिभलमा अवार्ड पाउने ५२ बर्षको नायिका हुनुहुन्थ्यो । यसैले, काम र अवार्डलाई बिहेले छेक्दैन भन्ने वुझेको छु ।

८. स्वस्तिमा र बेनिशाजीले एकसाथ काम गर्ने संभावना कती होला ?
स्वस्तिमा र बेनिशाः हामी त एकसाथ काम गर्नका लागि तयार छौ । दुबै जनालाई सुहाउने कथा आएको खण्डमा त्यो संभव छ । हामीले एक अर्काबाट धेरै कुरा सिक्न सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?