Comments Add Comment

बोरा ओढेर तटबन्ध निर्माणमा जुटे सांसद

Photo Credit : कुशल लिम्बु दायाँबाट दोस्रो

२९ असार, विराटनगर । तीनदिनदेखि परेको पानी शनिबार रातिसम्म रोकिएन । वर्षापछि बक्राह खोलामा आएको बाढीका कारण नजिकका बस्तीहरु जोखिममा परे ।

स्थानीयबासी बाढीको चपेटामा पर्न थालेको खबर पाएपछि प्रदेश १ का सांसद कुशल लिम्बु (कुलप्रसाद साम्बा) राति नै उर्लाबारी– ८ सस्थाल बस्ती पुगे । नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्काभेटर लिएर सांसद साम्बा आफैं पुगेका हुन् ।

उनी आफैं बोरा ओढेर तटबन्ध बाँध्न जुटेका छन् । ‘राति १२ बजेसम्म काम गर्‍यो तर, सकिएन’ खोलामा अस्थायी तटबन्ध बनाउन सक्रिय साम्बाले भने ‘अहिले (आइतबार २ बजेसम्म) कटान गर्दै गरेको क्षेत्रमा आधा बाँध बाध्यौं ।’

संस्थाल बस्तीबाट खोला पसेको भए रतुवामाई नगरपालिकाका अधिकांश वडा डुबानमा पर्न सक्थ्यो । दुई वर्षअघि बक्राहले उर्लाबारीसहित रतुवामाई नगरपालिका क्षेत्र डुबानमा परेको थियो ।

यो वर्ष सन्थाल बस्ती नजिकै कटान सुरु भए लगतै बासको पाइलिङ गर्न थालिएको सांसद साम्बाले बताए । उनकाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले संयुक्त रुपमा नदी कटान रोक्न बासको पाइलिङ गरिरहेका छन् ।

‘खोला पसेको भए रतुवामाईको वडा नम्बर ९ र १० को ४ सय बढी घर डुवानमा पर्थ्यो’, उनले भने ‘हामीले करिब ५० मिटर पाइलिङ बाँध बाधेका कारण जोखिम कम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment