Comments Add Comment

धनगढीको बजेट पारित

२९ असार, कैलाली । धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट आइतबार बसेको नगरसभाले सर्वसम्मत पारित गरिएको छ ।

असार ८ गते शुरु भएको चौथो नगरसभामा उपप्रमुख सुशीला मिश्र भट्टले बार्षिक १ अर्ब ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिइन् । जसमध्ये चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार बजेट रहेको थियो ।

उपमहानगरपालिकाले कार्यान्वयन गर्ने तर बजेटमा समावेश नभएको अनुदान तर्फ ५७ करोड ४२ लाख बजेट रहेको भट्टले जानकारी दिइन् ।

बजेटमा पूर्वाधार विकासमा सुधारिएको सडक, कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणस्तर, स्वास्थ्यमा गुणस्तर तथा सर्वसुलभ सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकास आदि समेटिएका छन् ।

त्यस्तै कृषितर्फ जैविक खेती र बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नम्वर १२ मा द्वारिकादेवी ठकुरानी कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

पशु विकास तर्फ छाडा पशु चौपयामा भ्याक्सिन लगाउने, पशुको नश्ल सुधार, पशु विमालगायतका कार्यक्रम समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment