Comments Add Comment

प्राकृतिक आत्मीयतासँगै क्यानोनिङ साहस (फोटो फिचर)

Photo Credit : चन्द्र आले

२९ असार, काठमाडौं । एक त शाहसिक खेल अर्कोतिर प्रकृतिसँगको तालमेल, यसैले पनि पछिल्लो समय क्यानोनिङ (छाँगावरोहण) खेलले युवाहरुको साथ पाइरहेको छ । अग्ला पहाडी झरनाहरुमा डोरीको सहायताले चट्टान टेक्दै झरिरहेको हेर्दा हेर्नेको पनि मन लोभिन्छ ।

सुन्दरीजलको स्यालमति खोला झरनामा पनि शनिबार यस्तै शाहसिक युवाहरु क्यानोनिङमा रमाइरहेका थिए । पाँचौँ राष्ट्रिय क्यानोनिङ महोत्सव नामबाट कार्यक्रम नै गरी क्यानोनिङ खेलको प्रबर्द्धन गर्न नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल क्यानोनिङ एशोसियसन लागिपरेको हो । जसमा ६५ युवाले क्यानोनिङको मजा लिए ।

डोरीमा सुरक्षित हुँदै चिप्लो छाँगामा चिप्लेटी खेल्दै झर्दा पानीको फोहोराले दिने दबाव महसुस गर्नलायक हुन्छ । झुण्डिएर झर्ने मात्रै होइन तल दहमा डुब्दासमेत छुट्टै आनन्द मिल्छ ।

स्वदेशीसँगै विदेशीलाई समेत आकषिर्त गरिरहेको क्यानोनिङ काठमाडौंको सुन्दरीजलसँगै नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, धनकुटाको नमस्ते झरना, सिन्धुपाल्चोकको जम्बु, काब्रे, हाँडी, गलुङ साथै पर्वत, मनाङ, स्याङ्जा, ओखलढुङ्गा र धादिङमा पनि खेलिन्छ ।

तस्वीरहरू : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment