Comments Add Comment

विपद ब्यवस्थापनमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री कार्की

२९ असार, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बाढी र डुवानमा परेकाहरुको उद्धार र राहतको उचित व्यवस्था गरेको बताएका छन् ।

आइतबार प्रदेशसभाको बैठकमा उनले स्थानीय तहसंगको समन्वयमा बाढी र डुवानमा परेका मानिसहरुको खोज, उद्धार र व्यवस्थापन पक्षमा सरकारले कुनै कसर बाँकी नराखेको जानकारी गराए ।

मन्त्री कार्कीले एक सातादेखिको अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको सदनलाई जानकारी गराए । घटनामा परी १० जना बेपत्ता ९ जना घाइते भएको उनले बताए ।

उनले प्रदेशका १४ जिल्लामा बाढी, पहिरो र डुवानका कारण ३ सय ६५ घर परिवारको १८ सय विस्थापित भएकाले उनीहरुलाई सुरक्षित स्थानमा राखिएको बताए ।

बैठकमा सांसदहरुले बाढी ,पहिरो र डुवानमा परेर बेपत्ता भएकाहरुको खोजी, उद्धार र राहत प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment