+
+
Shares

कुमारी बैंकका ५ नयाँ शाखा थपिए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १८:५३

२९ असार, काठमाडौं । कुमारी बैंकले काठमाडौं बाहिर पाँच नयाँ शाखाहरुको ई–उद्घाटन गरेको छ। बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप जब राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिमार्फत ई–उद्घाटन गरेका हुन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो ।

उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए पनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । प्रविधिको प्रयोगबाट सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रमै नवीन शैलीमा गरिएको उद्घाटन भएको बैंकको भनाइ छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभरका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत बैंकिङ कारोबार गर्दैआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?