३० असार, काठमाडौं । विम्बलडन टेनिसको पुरुषतर्फको उपाधि सर्भियाका नोभाक जोकोभिकले जितेका छन् । झण्डै पाँच घण्टासम्म चलेको प्रतिस्पर्धामा स्वीटजरल्याण्डका रोजर फेडेररलाई ७-६ ले हराउँदै जोकोभिकले उपाधि उचालेका हुन् ।
उनीहरुबीचको संघर्ष ४ घण्टा ५७ मिनेटसम्म चलेको थियो । त्यसमध्ये पाँचौ सेट नै करिब दुई घण्टाको थियो ।
जोकोभिकले पहिलो सेट ७-६ ले जिते तर दोस्रो सेट १-६ ले हारे । त्यसपछि तेस्रो सेट ७-६ ले जिते र चौथो सेट ४-६ ले हारे । पाँचौं तथा अन्तिम सेटमा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा जोकोभिकले फेडेररलाई १३-१२ (७-६) ले हराए ।
यो जोकोभिsको पाँचौं विम्बल्डन उपाधि हो । यो जितसँगै उनले स्वीडेनका ब्योर्न बोर्गसँग रेकर्ड बराबरी गरेका छन् ।
जोकोभिsको यो १६ औं ग्राण्डस्लाम जित पनि हो । यद्यपि विश्वमा सबैभन्दा धेरै २० ग्राण्डस्लाम जितेर फेडेरर शीर्ष स्थानमा छन् । फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ युएस ओपन र एक फ्रेन्च ओपन जितेका छन् ।
प्रतिक्रिया 4