+
+
Shares

अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते ११:४०

३० असार, काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मात्र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । यस संस्थाले काठमाडौं, चितवन र पोखरामा मेलाको आयोजना गर्दैछ । संस्थाका अनुसार काठमाडौंमा आगामी बुधबार मेला आयोजना गरिनेछ । त्यस्तै चितवनमा विहिबार तथा पोखरामा शुक्रबार मेलाको आयोजना गर्न लागिएको छ ।

मेलामा अष्ट्रेलियाका १८ विश्वविद्यालयका प्रतिनिधीको सहभागिता रहने आयोजकले जनाएको छ । काठमाडौंको मेला लाजिम्पाटस्थित रेडिसन होटलमा आयोजना गर्न लागिएको संस्थाका कार्यकारी निर्देशक एसके श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उच्च शिक्षाको मुख्य आकर्षक गन्तव्य रहेका कारण मेलाको आयोजना गरेर परामर्श दिन लागिएको हो ।

तीनै ठाउँको मेलामा अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनधीहरु उपस्थित भएर विद्यार्थीलाई परामर्श दिनेछन् । ‘विश्वविद्यालयकै प्रतिनीधीबाट जानकारी लिने अवसर पाउनु विद्यार्थीका लागि खुशीको कुरा हो’ संस्थाका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

मेलामार्फत विद्यार्थीले विश्वविद्यालय अनुसार पढाइ हुने विषय, त्यस्ता विषय पढाईका लागि लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजहरुले दिने छात्रवृत्ति तथा छुट तथा विषय अनुसार पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी पाउनेछन् । आफ्नो शैक्षिक प्रमाणपत्र लिएर आउने विद्यार्थीलाई छात्रवृत्ति, छुट लगायतमा सिधै छनोट गर्न सकिने पनि आयोजकले जनाएको छ ।

मेलामा विशेषगरि कक्षा १२ उत्तीर्ण विद्यार्थीको विशेष आकर्षण रहने आयोजकको विश्वास छ । ‘अष्ट्रेलिया जान इच्छुक सबै विद्यार्थीले एक पटक यस मेलामा भाग लिँदा उनीहरूलाई निकै फाईदा हुन्छ’ श्रेष्ठले भने । प्रोफेसनलले हरेक वर्ष विद्यार्थी र अभिभावकको हितलाई ध्यानमा राखेर यस्तो मेलाको आयोजना गर्दै आएको छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षामा विदेश जान चाहनेलाई परामर्स दिनेमध्य भरपर्दो संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?